धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् ।पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।ढुंगानाले २८७ मत प्राप्त ढुङ्गानाले २८७ मत प्राप्त गर्दा अर्का अध्यक्षका प्रत्यासी डेजी पाण्डेले २१८ मत ल्याएका छन् । अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । उनीहरू तीनै जना प्यानलसहित उम्मेदवारी दिएका थिए । त्यसैगरी उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्र शाही, सचिमा ममता चौधरी र उपसचिवमा ढुङ्गाना प्यानलका चूडामणि भट्ट र गाङ्ग चौधरी विजयी भएका छन् ।
