नेकपा एमाले कैलाली जिल्ला नेतृत्वको लागि भएको निर्वाचनको मतगणना आज राति ११ बजे देखी सुरु हुने भएको छ।आज (शुक्रवार) बिहान ८ः३० बजे देखी सुरु भएको मतदान केही बेर अघि सकिएको थियो । जम्मा ५९१ जना प्रतिनिधि मध्ये ५७८ जनाले मतदान गरेका छन् । अहिले ११ बजे देखी मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ। अध्यक्षमा दुर्गा जोशी, यज्ञराज ढुङ्गाना र डेजी पाण्डे प्रस्तिस्प्रधामा रहेका छन्।
