एमाले कैलालीको मतदान जारी, साढे ७ घण्टामा ४० प्रतिशत मतदान

नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनअन्तर्गत मतदान जारी छ।

मतदान आज बिहान ८ बजेबाट सुरू भएको हो। कैलाली जिल्लाको आगामी नेतृत्वका लागि डेजी पाण्डे, यज्ञराज ढुंगाना र दुर्गाप्रसाद जोशी प्रतिस्पर्धामा छन्। १५० सदस्यीय जिल्ला कमिटीका लागि ४८० जना प्रतिस्पर्धामा छन्। अध्यक्षमा तीन, उपाध्यक्षमा चार, सचिवमा तीन जना प्रत्यासी छन्। त्यस्तै महिला उपसचिवमा पाँच र पुरूष उपसचिवमा चारजना प्रतिस्पर्धामा छन्।

कैलालीको नवौं अधिवेशन फागुन ६ गतेबाट सुरू भएको हो। अधिवेशनमा ५ सय ९३ जना प्रतिनिधि छन्। जिल्ला कमिटिको निर्वाचनमा अहिलेसम्म ४० प्रतिसत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार दिउसो २ः३० बजेसम्म २४० जनाले मतदान गरेका छन्। दिउसो १ः४५ बजेसम्मका लागि मतदानको समय तोकिए पनि मतदान नसकिने देखेपछि निर्वाचन अधिकृतको कार्यालयले त्यो समय बढाएर बेलुकी ५ बजेसम्मका लागि तय गरेको छ।

निर्वाचन अधिकृतको कार्यालयले २० मतदान केन्द्र तोकेको छ। निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाको प्यानल नै चुनावी मैदानमा छ। उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी छ। गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन्।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन्। चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन्। उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ। त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरी रहेका छन्। खुला, भुुगोल, विभिन्न कलस्टरमा १४५ जना सदस्य पदमा दोब्बर बढी उमेदवारी परेकाले मतदानमा ढिलाई भइरहेको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...