अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज राष्ट्रपति पौडेल आउँदै

अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न आज (बिहीवार) राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन्। बिहीवारदेखि २५ गतेसम्म वैद्यनाथ धाममा लाग्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल अछाम आउन लागेका हुन्।

कोटीहोम मुल आयोजक समितिका अनुसार आज बिहान राष्ट्रपति पौडेल ११ वजे कोटिहोम (महाकुम्भ)को समुद्घाटन गर्ने छन्। नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ।

साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि २५ गते शिवरात्रीसम्म कोटिहोम महायज्ञ सञ्चालन हुनेछ। वैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार,वैदिक सनातक धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन,समाजमा अध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथधामलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सृदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती, लोक ंस्कृति, लोककला,लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको बताइएको छ। कोटिहोम महायज्ञमा झन्डै डेढ करोड खर्च हुने अनुमान छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...