एमाले कैलालीको सचिवमा विष्णु चन्दको उम्मेदवारी

नेकपा एमाले कैलालीको सचिवमा विष्णु चन्दले उम्मेदवारी दिएका छन् । एमाले कैलालीको सचिवमा चन्दले उम्मेदवारी दर्ता गराएका हुन् ।

चन्दले आफू बलियो उम्मेदवार भएको दाबी गरेका छन् । उनले लामो समयदेखि ग्रासरुटमा काम गरेको र ३ कार्यकाल जिल्ला कमिटी सदस्य, २ कार्यकाल जिल्ला सचिवालय सदस्य भएपनि महत्त्वपूर्ण जिम्मेवारी हालसम्म नपाएकोले आफ्नो दाबी रहेको बताए ।

अनेरास्ववियुको क्याम्पसको इकाई कमिटीदेखि केन्द्रीय सदस्य हुँदै सेती अञ्चल इन्चार्ज भइसकेका चन्द नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव छन् । फागुन ६ गते उद्घाटन भएको अधिवेशन अन्तर्गत भोलि (बिहीबार) मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

चन्दसँग दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरीले पनि सचिवमा उम्मेदवारी दिएका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...