खुशी जीवन संस्था द्वारा २०० विपन्न परिवारलाई न्यानाे कपडा वितरण

रिता खनाल कपिलवस्तु ।

खुशी जीवन संस्था बुटवलद्वारा कपिलवस्तुकाे बाडिगाउँ सुकुम्बासी टाेलमा २०० गरिब तथा विपन्न घर परिवारलाई लुगा वितरण गरिएको छ । पत्रकार तथा राष्ट्रिय संगित कर्मि संघ कपिलवस्तुकि महिला उपाध्यक्ष रिता खनालकाे संयाेजन र बाणगंगा सात का वडा अध्यक्ष बिस्नु गिरी , माेतीपुर फुलबारी सामुदायिक बनका अध्यक्ष जयलाल गिरी, उक्त संस्थाका केन्द्रीय अध्यक्ष महेन्द्र विस्वकर्मा, सल्लाहकार ज्ञान बहादुर गहतराज राष्ट्रिय संगित कर्मी संघका काेषा अध्यक्ष राजेन्द्र थापा,लगायतकाे उपस्तिथिमा बाडिँगाउकाे सुकुम्बासी टाेलमा २०० गरिब तथा विपन्न घर परिवारलाई न्यानाे कपडा वितरण गरिएको हाे।

न्यानाे कपडा पायपछी उक्त टाेलका बासिन्दा हर्षित भयका थिय । साथै वडा अध्यक्ष बिस्नु गिरीले उक्त संस्थालाई धन्यवाद दिदैँ संस्थाकाे प्रशंसाा समेत गर्नु भयो ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...