अछाममा जिप दुर्घटना, १५ जना घाइते

अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप आज बिहान दुर्घटनामा भएको हो।

प्रहरी चौकी सिउँडीका अनुसार सो दुर्घटनामा १५ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ। लुंग्राबाट साँफेबगर जाने क्रममा जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। घाइते सबैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको बताइएको छ। जिपमा विद्यार्थी समेत रहेका थिए। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...