एमालेको कैलाली जिल्ला अधिवेशनको निर्वाचन स्थगित

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

प्राविधिक कारणले भोली बिहान ८ बजे सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बताए। बुधवार मतदान गर्ने गरि मंगलवार दिउँसो निर्वाचन तालिका सार्वजनिक गरिएको थियो।

आज राति सम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर भोली बिहान १० बजे देखि दिउँसो २ बजेसम्म मतदान गर्ने गरि निर्वाचन तालिका सार्वजनिक गरिएको थियो। तर, अहिले उक्त निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत जोराले बताए

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...