नेपाल जेसीजको “Multi Chapter Local Officer Training” जोशीपुरमा सम्पन्न

कैलालीको जोशीपुरमा नेपाल जेसीजको आयोजना तथा जोशीपुर जेसीजको आतिथ्यतामा जोशीपुर गा.पा. ४ झवहीको थारु फुडल्याण्डमा “Multi Chapter Local Officer Training” सम्पन्न भएको छ । तालिम जोशीपुर जेसीज वर्ष २०२४ का अध्यक्ष भरत डंगौराको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । एरिया डि. का १३ वटा शाखाको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्षहरु, वडा सदस्यहरु, जोशीपुर जेसीजका पूर्व अध्यक्षहरु, वोर्ड पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

जोशीपुर जेसीजलाई जोशीपुर गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग रहने प्रमुख अतिथि एवं जोशीपुर गा.पा. अध्यक्षले बताउनु भयो । जोशीपुरको विकासमा जोशीपुर जेसीजको हातेमालो आवश्यक रहेको पनि वहाँले बताउनु भयो ।

तालिमका प्रमुख प्रशिक्षक एवं नेपाल जेसीजका उपाध्यक्ष राजन शर्मा पौडेलले स्थानिय सरकारको काम कर्तव्य र जेसीजको काम कर्तव्य एउटै रहेको बताए । “फरक यति मात्र हो सरकार सँग पैसा हुन्छ जेसीज सँग पैसा हुदैन । आफ्नो खाजा नास्ता खर्च बचाएर जेसीजले समाजमा लगानी गरिरहेको हुन्छ।” वहाँले भन्नु भयो । जेसीजको अभियानलाई सफल बनाउनका लागि सरकार सदैव सकारात्मक हुन आवश्यक रहेको पनि उनले बताए ।

त्यसै गरि नेपाल जेसीजको कार्यक्रमलाई जोशीपुर जेसीजले आतिथ्यता गर्ने शौभाग्य प्राप्त गरेकोमा जोशीपुर जेसीजका अध्यक्ष भरत डंगौराले होष्ट च्याप्टरको तर्फबाट नेपाल जेसीज तथा को–होष्ट च्याप्टरहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । तालिम पश्चात यस क्षेत्रका जेसीज यूवाहरुलाई थप उर्जा मिल्ने विश्वास लिएको पनि वहाँले बताउनु भयो । कार्यक्रमलाई जोशीपुर जेसीज वर्ष २०२४ का महासचिव भुमिसागर सुनारले सहजीकरण गर्नु भएको थियो ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...