राजकुमार रानाको मृत्यु प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

कञ्चनपुर लालझाडी गाउँपालिका–३ का राजकुमार रानाको मृत्यु प्रकरणमा एक प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ परेका छन् ।

पाँच महिनाअघि कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा रानाको शव फेला परेको थियो । उनको हत्या गरेको आरोपमा प्रहरी सहायक हवल्दारसमेत रहेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई प्रहरी पक्राउ गरेको हो

आफन्तको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...