साढे एक वर्षमा सुदूरपश्चिमबाट पाँच सय बढी फरार दोषी पक्राउ

साढे एक वर्षको अवधिमा पाँच सयभन्दा बढी फरार दोषी पक्राउ परेका छन्।

सुदूरपश्चिमका विभिन्न स्थानबाट प्रहरीले विभिन्न अपराधमा संलग्न तर फरार भएका पाँच सय पाँच दोषीलाई पक्राउ गरेको हो। प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न अपराधमा दोषी ठहर भएर फरार रहेका एक सय ७ जनालाई पक्राउ गरेको छ। अपराध गरेर अदालतबाट दोषी ठहर भएकाहरुको खोजी गर्ने क्रममा चालु आर्थिक वर्षको ६ महिनामा एक सय ७ जना पक्राउ परेका हुन्।

कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका दोषी एकपछि अर्को पक्राउ पर्न थालेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा मात्र तीन सय ९८ फरार दोषी पक्राउ परेका थिए। विभिन्न अपराध गरेर लुकेर बसेका ती दोषीहरुलाई प्रहरीले पक्राउ गरेको हो। साथै फरार दोषीबाट ९५ लाख ३५ हजार ६ सय ४९ रुपैयाँ जरिबाना समेत अदालतले भराएको छ।

हत्या, चोरी डकैती, लागुऔषध, जबरजस्ती करणी, लुटपाट, कुटपिट, हातहतियार लगायत अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएर फरार भएकाहरुलाई प्रहरीले पछिल्लो समय धमाधम पक्रन थालेको छ। यस्तै प्रकृतिका अपराध गरेर फरार भएका दुई सय ९६ दोषीलाई आर्थिक वर्ष २०७७/७८ मा पक्राउ गरिएको छ।

अदालतबाट सजाय पाएका तर फरार रहेका थप दुई सय ३१ अपराधिलाई आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेको छ। प्रदेशभित्र जघन्य अपराध गरेर फरार भएकाहरुको संख्या ठूलो छ। दोषीहरुलाई पक्राउ गर्न प्रहरीले विशेष रुपमा पहल गर्दै आएको दाबी छ। अहिले पनि विभिन्न अपराध गरेर फरार भएकाहरुको संख्या ठूलो भएकाले खोजीकार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...