टीकापुर जग्गा प्रकरणमा २४९ जनामाथि मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा टीकापुरको सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरेको भन्दै २४९ जनाविरूद्ध मुद्दा विहीवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

उक्त प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) वमोजिम कैद तथा बिगो बमोजिमको जरिवाना माग गरिएकाहरू प्रमुख व्यक्तिहरू को–को र कति ??

सार्वजनिक पद धारण गरेकाहरूका हकमा मुद्दाको अन्तिम फैसला नआएसम्म सार्वजनिक पदबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।

१. टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी रू. २,१२,४०,९४४/–

२. टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष ललित ताम्राकार रू. ५९,००,३८०/–

३. टीकापुर नगर विकास समितका तत्कालीन अध्यक्ष धीजराज रेग्मी रू. ६६,९८,८९२/–

४. टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीको बोर्ड बैठकको निर्णय बमोजिम गठित उपसमिति संयोजक गणेशसिंह रावल, खडक बहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर र पदमराज न्यौपानेको हकमा रू. १,६५,६८,१४९/–

५. टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष ललित ताम्राकारको बोर्ड बैठकको निर्णय बमोजिम गठित उपसमिति संयोजक प्रेमसिंह बि.क., सदस्यहरु श्याम खत्री, भरत स्वाँर, बेदराज ढुङ्गाना, दयाराम सञ्ज्याल, पुर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सञ्ज्यालका हकमा रू. ५९,००,३८०/–

६. टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बलबहादुर कडायत रू. २,११,५७,१७८/–

७. टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख झप्परसिंह विश्वकर्मा रू. १४,१९,६२७/–

८. टीकापुर नगर विकास समितिका तत्कालीन सदस्य सचिव अम्वादत्त जोशी रू. २,३०,६१,८१६/–

९. नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृत मानबहादुर चन्द रू. १,९०,३२,१३६/–

१०. नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृत गणेशबहादुर बम रू. ४२,३४,९०५/–

११. मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट रू. १,६८,४५,५८८/–

१२. टीकापुर नगर विकास समितिका खरीदार धनीराम भण्डारी रू. १,८६,५४,४५३/–

१३. टीकापुर नगर विकास समितिका सव–ओभरसियर नेत्रबहादुर रावल रू. १,७९,१२,४८१/–

१४. टीकापुर नगर विकास समितिको पुरानो रसिद खिचेको भनी घडेरी प्रमाणित पत्रमा दस्तखत गर्ने टीकापुर विकास समितिका तत्कालीन फिल्ड सुपरभाईजर देवीलाल घिमिरे रू. २१,११,१५९/–

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...