अनेरास्ववियु के एम सी सह संयोजक उपाध्यायले जन्मदिनमा गरे बादी समुदायका बालबालिका लाई सहयोग

कैलाली बहुमुखी क्याम्पसमा वि.ए चौथो वर्षमा अध्ययनरत विद्यार्थी तथा अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस सह संयोजक किरण प्रकाश उपाध्यायले आफ्नो जन्मदिनको अवसरमा वादी समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । बझाङको थलारा गाउँपालिका वडा नं. ५ मा बस्दै आइरहेका कमजोर अवस्था भएका वादी समुदायका १६ जना विद्यर्थीहरुलाई झोला, कापि र कलम वितरण गरेको उहाँले जानकारी दिनुभयो । “जन्मदिनमा केक काटेर, पार्टी मानाएर अनावश्यक खर्च गर्नुभन्दा, त्यो खर्च बरु थोरै भएपनि पुण्य कर्ममा लगाउनुपर्छ भन्ने मेरो सोच हो, यसले अरुको अधिकार संरक्षणमा पनि टेवा पुग्छ” उहाँले भन्नुभयो ।उपाध्याय अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटिका सह–संयोजक पनि हुनुहुन्छ । उहाँ विगतदेखि विद्यार्थी राजनीति गर्दै विद्यार्थीका मुद्दामा बोल्ने सामाजिक अभियान हरुमा सक्रिय भएर काम गर्दै आउनुभएको छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...