अनेरास्ववियु के एम सी सह संयोजक उपाध्यायले जन्मदिनमा गरे बादी समुदायका बालबालिका लाई सहयोग

कैलाली बहुमुखी क्याम्पसमा वि.ए चौथो वर्षमा अध्ययनरत विद्यार्थी तथा अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस सह संयोजक किरण प्रकाश उपाध्यायले आफ्नो जन्मदिनको अवसरमा वादी समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । बझाङको थलारा गाउँपालिका वडा नं. ५ मा बस्दै आइरहेका कमजोर अवस्था भएका वादी समुदायका १६ जना विद्यर्थीहरुलाई झोला, कापि र कलम वितरण गरेको उहाँले जानकारी दिनुभयो । “जन्मदिनमा केक काटेर, पार्टी मानाएर अनावश्यक खर्च गर्नुभन्दा, त्यो खर्च बरु थोरै भएपनि पुण्य कर्ममा लगाउनुपर्छ भन्ने मेरो सोच हो, यसले अरुको अधिकार संरक्षणमा पनि टेवा पुग्छ” उहाँले भन्नुभयो ।उपाध्याय अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटिका सह–संयोजक पनि हुनुहुन्छ । उहाँ विगतदेखि विद्यार्थी राजनीति गर्दै विद्यार्थीका मुद्दामा बोल्ने सामाजिक अभियान हरुमा सक्रिय भएर काम गर्दै आउनुभएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...