
बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाको प्रस्तावित लागत अनुमान ७५ करोड रुपियाँमध्ये ७० प्रतिशत बेहोर्ने भएको छ। जस अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपियाँको स्रोत सुनिश्चितता गरेको छ ।