
कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो छ्यापिएको छ
जिल्लाको लम्की चुहा नगरपालिकाको शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मोसो छ्यापेको छ । विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताहरूले शिक्षा अधिकृतलाई कालो मोसो छ्यापिएको जनाइएको छ ।
उनी माथि नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको,
शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले पछाडिबाट मोबिल छ्यापिएको भन्दै यस विषयमा थप छानबिन भइरहेको जानकारी दिए।
