पूर्वमन्त्री खडायतको निधन

पूर्वमन्त्री लालबहादुर खडायतको निधन भएको छ।

डडेल्धुराको अमरगढी नगरपालिका–२ सोमपरीका खडायतको ८२ वर्षको उमेरमा निधन भएको हो। पञ्चायतकालमा डडेल्धुराबाट राष्ट्रिय सदस्य (सांसद) बनेका खडायत चार पटक मन्त्री बनेका थिए।

रुसका लागि नेपाली राजदुत समेत बनिसकेका खडायतको काठमाण्डौँमा निधन भएको हो। उनी २०२५ भूमि सुधार मन्त्री, २०३० मा कानुन तथा न्यायमन्त्री, २०३० खाद्य कृषि तथा भूमि सुधार मन्त्री र २०३८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा जलस्रोत मन्त्री बनेका थिए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...