जिल्ला खेलकुद समितीकाे मुख्य आयोजना र मेलौली नगरपालिकाकाे सह आयोजनामा १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड बैतडीको मेलौली खेल मैदानमा हुने भएको छ। जिल्ला खेलकुद समितिको आईतबार बसेको बैठकले माघ २६ गते देखी २८ गतेसम्म प्रतियोगिता मेलौलीमा सञ्चालन गर्ने निणर्य गरेको छ।प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, कराते लगायतका खेलहरु हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारि गराए, १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने उनले जानकारी गराए।
दसरथ भट्ट, बैतडी
