भजनीमा महोत्सव आयोजना हुने

भजनी उद्योग वाणिज्य संघको आयोजनामा भजनीमा महोत्सव आयोजना हुने भएको छ ।

शनिबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै भजनी महोत्सवको मिति सार्वजनिक गरेपछि महोत्सव आयोजना हुने कुरा पुष्टि भएको हो । संघका अनुसार यहीँ माघ २५ गतेबाट फागुन ८ गतेसम्म भजनी महोत्सव २०८० आयोजना हुन लागेको संघका अध्यक्ष प्रेमराज जैशीले जानकारी दिएका छन् । उहाँले भजनी क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको बताएका छन् । “भजनी राज्यको दृष्टिबाट निकै टाढा छ । यहाँका सम्भावनाहरुलाई महोत्सवको माध्यमबाट प्रचारप्रसार गर्दै त्यसबाट भजनीलाई समृद्ध बनाउने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागेका हौं ।” अध्यक्ष जैशीले भने, “यसमा उद्योग वाणिज्य संघले मात्रै चाहेर सम्भव छैन । सबैको सहयोग, समन्वय र सहकार्यले महोत्सव सफल पार्नुका साथै भजनीको सम्भावनालाई उजागर गर्न सकिन्छ ।”
संघका महासचिव नैनबहादुर चौधरीले महोत्सवको आन्तरिक तयारी पूरा भैसकेको बताए । उनले महोत्सवमा स्थानीय वस्तु र उत्पादनलाई विषेश महत्त्व दिइने बताए । “हामीले महोत्सवमा थारु गाउँ, स्थानीय उत्पादनका स्टल, रमाइलो मेला, स्थानीय कला संस्कृतिलाई विशेष जोड दिने तयारी गरेका छौँ ।” उनले भने, “अन्य कुरामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति लगायतका महोत्सवका अन्य आकर्षणहरु त छदैछ्न ।” उनले भजनी क्षेत्रको विकासमा थप मद्दत पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताएका छन् ।
यसभन्दा पहिले संघले भजनीमा दुईपटक महोत्सव आयोजना गरेको थियो । दुबै पटक आर्थिक रुपमा सफल हुन नसकेको महोत्सवको खर्च संघका पदाधिकारीहरुले ब्याक्तीगतरुपमा पनि व्यवस्थापन गरेका थिए । संघले एकपटक महोत्सवको उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत ल्याएको थियो । त्यसपछिको कोरोना संक्रमणका कारण तीन वर्ष भजनीमा महोत्सव हुन सकेन, भने गत वर्ष भजनीको युवा क्लबले महोत्सव आयोजना गरेको थियो ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...