सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।

महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। उनले ४ हजार ४५३ मत पाइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। उनले ४ हजार ४१९ मत पाए। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए। उनले ४ हजार ३४७ मत पाए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेकामा तीनै जना पराजित भएका छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...