सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।

महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। उनले ४ हजार ४५३ मत पाइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। उनले ४ हजार ४१९ मत पाए। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए। उनले ४ हजार ३४७ मत पाए।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेकामा तीनै जना पराजित भएका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...