धनगढीका व्यापारी अग्रवालले आफ्नै घरको छतबाट हाम्फालेर गरे आत्महत्या

धनगढीमा एक व्यापारीले आफ्नै घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् ।धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले बुधबार आफ्नै घरको पाँचौं तलाबाट हाम्फाल्दा उनको ज्यान गएको हो ।धनगढीस्थित सन्दीप स्टोरका सञ्चालक रहेका अग्रवाल कस्मेटिक ब्यापारी हुन् । उनले घरको पाँचौँ तलाबाट हाम्फालेको र उनलाई तत्काल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।उनले के कति कारणले घरको छतबाट हाम फालेका हुन भन्ने विषयमा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।घरको छतबाट हाम्फाल्ने तयारी गरेको देखेपछि वरपरका छिमेकीले त्यसो नगर्न भन्दाभन्दै उनले हाम्फालेको बताइएको छ

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...