परशुुराममा शैक्षिक प्रमाणपत्र धितो राखेर विनाब्याज ५ लाख ऋण लिन पाइने

डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको छ।

नगरपालिकाले एसईई वा सोभन्दा माथिको शैक्षिक तहलाई प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उक्त कर्जा दिन लागेको हो। नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई एसईई परीक्षाको प्रमाणपत्र धितो राखेपछि उच्च शिक्षा अध्ययन गर्न पाँच लाखसम्म कर्जा उपलब्ध गराइने नगरप्रमुख भरत बडायर जोशीले बताए।

स्वदेशमै उच्च शिक्षा अध्ययनमा सुविधा दिन नगरपालिकाको १४ औं नगरसभाबाट ऐन समेत पारित भएको उनले बताए। कर्जा लिन विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारबाट मान्यता प्राप्त हुनुपर्ने छ। यस्तो ऋण एक परिवारको एक जनाले मात्रै पाउने व्यवस्था गरिएको छ। यसरी प्राप्त हुने कर्जा विद्यार्थी एकमुुष्ट वा किस्तामा पाउने छन्।

ऋण दुरूपयोग गरेको खण्डमा वा अन्य कार्यमा प्रयोग गरे मापदण्ड अनुसार कारवाहीको व्यवस्था पनि गरिएको नगरप्रमुख जोशीले बताए। उपलब्ध हुने कर्जा रकम व्यक्तिको खातामा नभई जुन ठाउँमा विद्यार्थी अध्ययन गरिरहेको छ त्यहि शैक्षिक संस्थाको खातामा नगरपालिकाबाट रकम जम्मा गरिने छ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...