सुदूरपश्चिम विश्वविद्यालय सुधारका लागि स्ववियुहरु एकजुट

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका स्ववियुहरुले विश्वविद्यालय सुधारकालागि क्याम्पसमा संयुक्त ज्ञापनपत्र बुझाएका छन्। विभिन्न क्याम्पसका स्ववियु अध्यक्ष लगाएतका पदाधिकारी सदस्यहरुले संयुक्त रुपमा विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने, विद्यार्थी बाट निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनलाई क्याम्पस र विश्वविद्यालयका विभिन्न मीटिंग छलफल हरुमा सहभागी गराउनु पर्ने, विद्यार्थीलाई समयमै किताब उपलब्ध गराई अध्ययन अध्यापनमा सहजीकरण गर्नुपर्ने, पढाइ सङ्गै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु पर्ने लगाएतका विभिन्न मागहरु राख्दै ज्ञापनपत्र बुझाइएको छ। स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले सोही ज्ञापनपत्र केही समय अगाडि बुझाइसकेकोले आज ज्ञापनपत्र नबुझाई सामान्य छलफल गरिएको र अन्य  सबै क्याम्पसका स्ववियुले आज ज्ञापनपत्र बुझाइएको छ जनाएको छ। पाटन बहुमुखी क्याम्पस बैतडी, दार्चुला बहुमुखी क्याम्पस दार्चुला,  गोकुले बहुमुखी क्याम्पस दार्चुला लगाएतका क्याम्पसका स्ववियुको ज्ञापनपत्र बुझाएका हुन्। यो सङ्गै क्याम्पस र विश्वविद्यालयमा देखिएका अराजकताको अन्त्यगर्न सबै स्ववियु टीम निरन्तर लाग्ने स्ववियु अध्यक्ष हरुको भनाई रहेको छ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...