अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज

भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ। समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन्। यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश–नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन्। बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ। बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्। रामको मूर्तिको प्राण–प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुनेछ। प्राण–प्रतिष्ठाका लागि ८४ सेकेन्डको अति सूक्ष्म मुहूर्त हुनेछ।

काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेको मुहूर्तमा रामलला स्थापना हुनेछ। यस अवसरमा पूरै अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले सजाइएको छ। भव्य राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको छ। अभिषेकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्ने मजदुरहरूसँग भेट गर्नेछन्। कुबेरटिलामा गएर उनले भगवान् शिवको पूजा गर्ने कार्यक्रम पनि रहेको छ। साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँदैछ।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...