अमेरिकाले थप साढे पाच करोड खोप बाँड्ने

संयुक्त राज्य अमेरिकाले थप साढे ५ करोड डोज खोप संसारका विभिन्न मुलुकलाई बाँड्ने भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सोमबार खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् दिनेछ भने बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ। पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ।

नेपाल अमेरिकाबाट सोझै खोप पाउने मुलुकको सूचीमा समावेश छैन। दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने भएको छ।

नेपालले एसियाका लागि छुट्याएको झन्डै १ करोड ६० लाख डोज खोप बाँडनु पर्नेछ। कोभ्याक्सअन्तर्गत उक्त खोप भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, लाओस, पपुवा न्यू गिनी, ताइवान, कम्बोडिया र अरू प्यासेफिक आइल्यान्डहरूमा वितरण हुनेछ।

अमेरिकाले अहिले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई बाँड्न लागेको हो। अमेरिकासँग अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको खोप पनि सञ्चित छ। तर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले उक्त खोपलाई अहिलेसम्म प्रयोग अनुमति दिएको छैन। एफडिएले प्रयोग अनुमति दिए अष्ट्राजेनेकाको खोप पनि अमेरिकाले अरू मुलुकलाई दिनेछ।

नेपालले सुरूमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड/अष्ट्राजेनेकाको खोप लगाउन थालेको थियो। अहिले पनि उक्त खोप लगाएका झन्डै १४ लाख मानिसहरू दोस्रो डोजको पर्खाइमा छन्।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...