
कैलालीको बर्दगोरिया गाउँपालिकाले विद्यालयले बार्षिक बिदाबाट समायोजन हुनेगरी ३ दिन विदा दिइएको छ।
कैलालीको बर्दगोरिया गाउँपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुस ८ देखि १० गतेसम्म जाडो बिदा गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले बताए।
मौसममा सुधार नभैइ चिसो बढ्दै गएको कारणले बिद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले जाडो बिदा गरिएको जानकारी गराइन्छ’, प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले आइतबार जारी सूचनामा उल्लेख छ।
