नेपालकै कान्छी शिक्षक: भर्खरै २० वर्ष पार गरेकी पाँचथरको फाल्गुनन्द-१ की लेकिडोमा तामाङले कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भएकी छिन्। २०७८ सालमा पाँचथरकै फिदिमस्थित कन्चनजङ्गा एकेडेमी माध्यमिक विद्यालयबाट गणित + शिक्षा लिएर कक्षा १२ सकेकी उनले २०७९ सालमा अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेकी थिइन्।
