टीकापुर महोत्सवको समय थपियोः ९ गते नायक पल शाह आउने


टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको टीकापुर महोत्सव २०८० को समय थपिने भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य संघका अनुसार दर्शकहरुको माग अनुसार महोत्सवको समय थपिने भएको हो ।

महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले महोत्सवको समय थपिने बताए ।

‘महोत्सवमा पूर्व कार्यतालिका अनुसार ६ गते आउने भनिएका नायक पल शाह ९ गतेका दिन टीकापुर महोत्सवमा आउने भएका छन्’ खड्काले भने ‘दर्शकहरुको मागलाई ध्यानमा राखेर महोत्सवको समय थप्ने निणर्यमा पुगेका हौं ।’

यसअघि माघ ८ गते समापनको समय तोकिएको थियो । महोत्सवमा स्थानीय कलाकारहरु, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरु रहेको संघले जनाएको छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...