टीकापुर महोत्सवको समय थपियोः ९ गते नायक पल शाह आउने


टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको टीकापुर महोत्सव २०८० को समय थपिने भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य संघका अनुसार दर्शकहरुको माग अनुसार महोत्सवको समय थपिने भएको हो ।

महोत्सव तयारी तथा व्यवस्थापन समितिका संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले महोत्सवको समय थपिने बताए ।

‘महोत्सवमा पूर्व कार्यतालिका अनुसार ६ गते आउने भनिएका नायक पल शाह ९ गतेका दिन टीकापुर महोत्सवमा आउने भएका छन्’ खड्काले भने ‘दर्शकहरुको मागलाई ध्यानमा राखेर महोत्सवको समय थप्ने निणर्यमा पुगेका हौं ।’

यसअघि माघ ८ गते समापनको समय तोकिएको थियो । महोत्सवमा स्थानीय कलाकारहरु, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायत कार्यक्रमहरु रहेको संघले जनाएको छ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...