बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

जिल्ला अदालत बाजुराको गाडी डोटीमा दुर्घटना भएको छ।

प्रहरीका अनुसार शुक्रबार बाजुराबाट दिपायल जाँदै गरेको जिल्ला अदालतको बा १ झ ८१८४ नम्बरको गाडी शिलगढी नगरपालिका–६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको हो। उक्त गाडी डडेल्धुराको अजयमेरू गाउँपालिका–४ का ३० वर्षीय दीपकराज पाण्डेयले चलाएका थिए।

गाडीमा उनी मात्रै रहेकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कविन्द्रसिंह बोहराले बताए। गाडीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...