
कैलालीको जोशीपुर गाउँपालिकाले विद्यालयले दिन पाउने स्थानीय विदा मध्य बाकी रहेकोे ३ दिन विदा दिइएको छ।
कैलालीको जोशीपुर गाउँपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा माघ ७ देखि ९ गतेसम्म जाडो बिदा गरिएको जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मार्सल पन्तले बताए।
मौसममा सुधार नभैइ चिसो बढ्दै गएको कारणले बिद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले जाडो बिदा गरिएको जानकारी गराइन्छ’, प्रमुख प्रशासकीय अधिकृत पन्तले शुक्रबार जारी सूचनामा उल्लेख छ।
