वरिष्ठ गायक योगेश वैद्यको बिहीवार राति निधन भएको छ।


लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यको काठमाण्डूमा उपचारका क्रममा राति १२:३० बजे निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि शुक्रवार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नक्सालमा ल्याइएको प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले बीबीसीलाई बताए।
आज अपराह्ण पशुपति आर्यघाटमा वैद्यको अन्त्येष्टि गरिने पनि वाग्लेले जानकारी दिए।
झन्डै ५०० वटा नेपाली तथा झन्डै १०० वटाभन्दा बढी नेपाल भाषाका गीतमा स्वर दिएका वैद्यमा पछिल्लो समय पक्षघातसम्बन्धी समस्या समेत देखिएको थियो । राससका अनुसार केही समयअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...