भजनी नगरपालिकाले दियो ४ दिन विद्यालयमा विदा

कैलालीको भजनी नगरपालिकाको निर्णयअनुसार नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुस ५ देखि ८ गतेसम्म जाडो बिदा गरिएको भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कठायतले बताए।

मौसममा सुधार नभैइ चिसो बढ्दै गएको कारणले बिद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले जाडो बिदा गरिएको जानकारी गराइन्छ’, प्रमुख प्रशासकीय अधिकृत कठायतद्वारा बिहिवार जारी सूचनामा उल्लेख छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...