
गौशाला २६ को फोटो सार्वजनिक गर्ने एक जना पक्राउ
गौशला २६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय एकजना पुरुष लाई प्रहरीले पक्राउ गरेको छ। उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइनेछ। फोटो सार्वजनिक गर्नेविरूद्ध केही दिन अघि युवतीले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्।