जोशीपुर जेसीजद्धारा चिसो छल्न दाउरा वितरण

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ । जेसीजको मुल ध्ययलाई मध्यनजर गरि जोशीपुर जेसीजले जोशीपुर बजारमा दाउरा वितरण गरेको छ। चिसोबाट बच्न बजारका व्यापारी तथा बजारमा आउने ग्रहाकहरु र आवत–जावत गर्ने बटुवाहरुलाई हात सेक्न तथा शरीरलाई न्यानो पार्ने उद्देश्यले बजारमा जेसीजले दाउरा वितरण गरेको हो।

चिसो बढेसँगै बजारमा जताततै दाउरा बालेर आगो तापिरहेको दृश्य देखीएता पनि दाउराको समस्या भएको बजारबासीहरुका भनाईलाई मध्यनजर गर्दै जोशीपुर जेसीजले दाउरा वितरण गरेको कार्यक्रमका संयोजक जोशीपुर जेसीजका कार्यकारी उपाध्यक्ष सुशील चौधरीले बताउनु भयो ।

जोशीपुर जेसीज वर्ष २०२४ का अध्यक्ष भरत डंगौरा, महासचिव भुमी सागर सुनार लगायत बोर्ड पदाधिकारीहरु, पूर्व अध्यक्षहरु त्था व्यापारीहरुको उपस्थितिमा दाउरा वितरण गरिएको थियो । अलिकती भए पनि जेसीजले दाउरा वितरण गरेकोमा बजारका व्यापारीहरु लगायत स्थानियवासीहरुले जेसीजले राम्रो कार्य गरेको भन्दै प्रशंसा समेत गरेका छन् ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...