भारतीय गाडी त्रिशूलीमा खस्यो, मान्छे फेला परेनन्

मुग्लिन–नारायणगढ खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित त्रिशूली नदीमा भारतीय गाडी (बोलेरो) खसेको छ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको भारतीय गाडी आज बिहान ४ बजेर ४० मिनेट जाँदा ३ नम्बर पुलनजिक सडकबाट ८०/८५ मिटर तल त्रिशूली नदीको पानीभित्र बत्ती बलेजस्तो देखिएपछि प्रहरीलाई खबर पुगेको थियो। घटनास्थलबाट प्रहरीले बीआर ०९ जीसी १४३० लेखिएको गाडीको नम्बर प्लेट फेला परेको छ।

अहिले विपत् व्यवस्थापनको डुंगासहितको टोली र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलाई चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनका अनुसार हालसम्म नम्बर प्लेटबाहेक केही पत्ता लाग्न सकेको छैन।

त्रिशूलीमा खसेको गाडी र त्यसमा रहेका यात्रुको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धारको प्रयास गरिरहेको छ। गाडीमा कति यात्रु थिए खुल्न सकेको छैन। गाडी पूर्ण रुपमा नदीमा डुबेको छ। बोलेरो गाडी सिंगल क्याबिनको रहेको जनाइएको छ। विस्तृत विवरण आउन बाँकी छ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...