नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्षमा रञ्जिता श्रेष्ठ मनोनित

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ।

टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो। श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन्।

श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको बताउँदै नाउपाका अध्यक्ष चौधरीले उक्त निर्णयको पत्र उनलाई पठाइएको बताए। नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...