३०२ औं पृथ्वी जयन्ती जोशीपुरमा मनाईयो भव्यताका साथ

कैलालीको जोशीपुरमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले भव्य याली प्रदर्शन गरेको छ। विभिन्न सांस्कृतिक झाँकी सहित पार्टीले भव्यताका साथ जोशीपुर बजारमा हजारौंको संख्यामा रहेको राप्रपा पार्टीका सदस्य तथा समर्थकहरुले याली प्रदर्शन गरेका थिए । यालीमा “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । संघियता खारेज गर ।” जस्ता नारा समेत घन्केको थियो ।

रा.प्र.पा. कैलाली निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) जोशीपुर कैलालीका अध्यक्ष भिम बमले श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा एकता दिवस विभिन्न कार्यक्रम गरि प्रत्येक वर्ष भव्यताका मनाउदै आएको बताए । “यस वर्ष पनि राष्ट्रिय एकता दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम सहित खुल्ला भलिवल प्रतियोगिता राखेका छौं” उनले भने ।
औपचारिक कार्यक्रम रा.प्र.पा. कैलाली निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) जोशीपुर कैलालीका अध्यक्ष भिम बमको सभाध्यक्षता तथा राप्रपाको केन्द्रिय सदस्य एवं पूर्व सभाषद रामदुलारी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...