राष्ट्रिय परीक्षा बोर्डले एसईई हटाउनु नहुने बताएको छ । विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा उनीहरूकाे गुणस्तर खस्किने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनु भएको हो। यो वर्षको SEE भने संचालन हुने पक्का भएको छ ।
