
काठमाडौं, २६ पुस । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित बनेकी युवती ‘गौशाला २६’ ले व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै जाहेरी दिएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ।
सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाएको आरोपमा ती युवतीले आज साइबर ब्यूरोमा जाहेरी दिएकी प्रहरीले जनाएको छ।
व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै जाहेरी परेको र सो जाहेरीमाथि अनुसन्धान थालिसकिएको ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए। उनले त्यसरी पहिचान खुलाउनेको खोजी जारी रहेको बताए।