कुमारी बैंकले पनि घटायो ब्याजदर

कुमारी बैंक लागू हुने गरी निक्षेपको ब्याजदर थप घटाएका हुन् ।

यसअघि एनआइसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाएको थियो भने कुमारी बैंकले पनि आज ब्याजदर घटाएको सूचना प्रकाशित गरेको छ ।

कुमारीले माघ १ गतेदेखि लागू हुने गरी व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ६.५० देखि अधिकतम ८.११ प्रतिशत ब्याजदर दिने भएको छ ।

त्यस्तै, संस्थागत मुद्दतीमा र संस्थागत मुद्दती ६ महिनादेखि १ वर्षसम्म ५.२५ प्रतिशत र १ वर्ष माथिकोमा ६.११ प्रतिशत ब्याजदर दिने भएको छ ।

पुस महिनामा कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा व्यत्तिःगततर्फ ९.३१ प्रतिशत र संस्थागतमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...