दुई दिनमा २८ अर्ब ८७ करोड राजस्व संकलन

कैलाली, २६ पौष । पछिल्लो दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा नियन्त्रको कार्यालयको तथ्यांक अनुसार पुस २४ गते १७ अर्ब ४० करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन भएको हो । नेपाल राष्ट्र बैंकको आम्दानीबाट सरकारले पाउनुपर्ने लाभांश पनि यही समयमा आएको कारण राजस्व तुलनात्मक रूपमा बढी देखिएको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।

मंगलबार कर राजस्व सात अर्ब तीन करोड र गैर कर राजस्व १० अर्ब ३७ करोड ९८ लाख उठेको थियो । गैर कर राजस्व मध्ये १० अर्ब रूपैयाँ राष्ट्र बैंकले लाभांशबापतको रकम राजस्व खातामा जम्मा गरेको हो । ब्याज, जरिवाना, लाभांश, रोयल्टी लगायतको रकम गैर कर राजस्व अन्तर्गत पर्छ ।

त्यस्तै बुधबार १० अर्ब २१ करोड १० लाख रूपैयाँ कर राजस्व र एक अर्ब २४ करोड ८५ लाख रूपैयाँ गैर कर राजस्व उठेको छ । अर्थमन्त्रालयले पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँको राजस्व उठाउने लक्ष्य राखेको छ । पुस २५ गतेसम्म ७९ अर्ब रूपैयाँ राजस्व उठेको छ। राजस्व प्रशासनले पुस महिनालाई राजस्वको आधार महिनाको रूपमा लिने गर्छन् । पुस महिनामा उठ्ने राजस्वले आगामी ६ महिनामा उठ्ने राजस्व निर्धारणमा सहयोग पुग्ने राजस्वका अधिकारीहरूको भनाइ छ ।

आर्थिक वर्ष २०७८–७९ मा उठेको १० खर्ब ६३ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २९ अर्ब रूपैयाँ उठेको थियो ।

आर्थिक वर्ष २०७९–८० मा नौ खर्ब ५७ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ राजस्व उठेको थियो

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...