दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त–६ का वडाध्यक्ष खड्काको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ।

बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...