क्रिकेटर सन्दीप लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । लामिछानेलाई पुस १३ गते काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । लामिछानेलाई तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुनसक्ने बताइएको छ ।
लामिछानेले जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने गरेका छन् ।

