सन्दीप लामिछानेलाई सजाय तोक्नका लागि आज पेसी

क्रिकेटर सन्दीप लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । लामिछानेलाई पुस १३ गते काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । लामिछानेलाई तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुनसक्ने बताइएको छ ।

लामिछानेले जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने गरेका छन् ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...