नेप्सेले गर्यो दुई ब्रोकरलाई निलम्बन

नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले दुई ब्रोकर कम्पनीको कारोबार निलम्बन गरेको छ। नेप्सेले ब्रोकर नम्बर ८२ ले परिचित एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई कारबाही गर्दै निलम्बन गरेको छ।

नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ। के कारण कारबाही गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन।

नेप्सेले निलम्बन गरेको एक ब्रोकरका अनुसार भने यो आजको कारोबारलाई मात्र नेप्सेले दिएको लिमिट सकिएको सुचना हो। भोलि आफ्ना ग्राहकले कारोबार गर्दा केहि समस्या नहुने उनले बताए

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...