विमान कुर्दाकुर्दै सुत्केरीको मृत्यु भयो

नेपालगन्ज जाने विमान कुर्दाकुर्दै हुम्लाकी एक सुत्केरीको बाजुराको कोल्टीमा ज्यान गएको छ। विमानको प्रतीक्षा गर्दागर्दै हुम्ला ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया सुत्केरी अंशु बुढाको बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार राति १० बजे मृत्यु भएको हो।

यही पुस १२ गते हुम्लाको ताजाकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा उनी सुत्केरी भएकी थिइन्। सुत्केरी भएको ११ दिनपछि अंशुमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि परिवारले उपचारका लागि मदना स्वास्थ्य चौकी लगेका थिए। त्यसपछि थप उपचारका लागि उनलाई बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको ससुरा जितबहादुर बुढाले बताए।

जितबहादुरले भने, ‘सुत्केरी हुँदा बुहारी र नातिनीको अवस्था ठीकै थियो। ११ दिनपछि एक्कासि बुहारीमा ज्वरो आउने, टाउको दुख्ने र सास फेर्नेजस्ता समस्या देखिए। उपचारका लागि मदना स्वास्थ्य चौकी लगियो। त्यहाँ उपचार नभएपछि डाक्टरले नेपालगन्ज लैजान भने। नेपालगन्ज जाने विमान नआएपछि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर भर्ना गर्‍यौं।’ जितबहादुरका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेर विमान, हेलिकोप्टरको प्रतीक्षा गर्दागर्दै अंशुको मृत्यु भयो।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रन्जित शाहका अनुसार उपचारका क्रममा सोमबार राति १० बजे अंशुको मृत्यु भएको हो। डा. शाहले भने, ‘सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्छ। कोल्टी ल्याउँदा बिरामीको शरीरमा अक्सिजनको मात्रा ४९ मात्रै थियो।’

दुर्गम क्षेत्रमा जोखिममा परेका विपन्न समुदायका गर्भवती र सुत्केरीको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा रहे पनि पहुँच नपुगेपछि अंशुको ज्यान गएको हो।

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...