अझै खुलेन तालाबन्दी डोटी कोआदर्श गाउँपालिका-४ को वडा कार्यालयमा

कृष्ण खड्का
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालय सार्ने विषयमा विवाद हुँदा स्थानीयले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । हालको वडा कार्यालय सबैको पायक पर्ने ठाउँमा नभएकोले सारिनु पर्ने माग राखी स्थानीयले वडामा ताला लगाएको स्थानीय सन्तोष बोहराले जानकारी दिनुभयो । तालाबन्दी गर्ने स्थानीयले देहिमान्डौमा रहेको कार्यालय गौरेलीमा बनाइनुपर्ने माग राखेका छन् ।
कार्यालयको विषयमा छलफल गर्न वडाले सोमबार स्थानीयलाई बोलाएको थियो । छलफलमा उपस्थित केहीले गौरेलीमा वडा कार्यालय बनाउँदा सबैलाई पायक पर्ने बताएका थिए भने केहीले हालकै ठाउँमा कायम हुनुपर्ने अडान राखेका थिए । हिन्नेकाँडाका स्थानीयले देहिमान्डौबाट कार्यालय सार्न नहुने भन्दा पातल, दोगड, रोडिङ, देही, भुवा र पछेडी गाउँकाहरुले गौरेलीमा कार्यालय सारिनुपर्ने माग राखी ताला लगाएका हुन् उक्त तालाबन्दी आज सम्म खुलेको छैन ।
वडा कार्यालयको विषयमा छलफल गर्न स्थानीयलाई बोलाइएको भए पनि सहमति जुट्न नसकेको वडा अध्यक्ष खगेन्द्र ओझाले बताउनुभयो । आफूहरू जनताकै चाहनाअनुसार अगाडी बढ्न चाहेको भए पनि जनतामा नै फरक मत देखिएको अध्यक्ष ओझाको भनाई छ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...