रामबहादुर बम्जन पक्राउ

रामबहादुर बम्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि अनुयायीको हत्या , बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लगाईएको छ। एक जना १८ वर्षीया युवतीले बम्जनले पटक,पटक बलात्कार गरेको भन्दै २०७५ सालमा उजुरी गरेकी थिइन् । यस्तै नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएका थिए ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...