रामबहादुर बम्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि अनुयायीको हत्या , बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लगाईएको छ। एक जना १८ वर्षीया युवतीले बम्जनले पटक,पटक बलात्कार गरेको भन्दै २०७५ सालमा उजुरी गरेकी थिइन् । यस्तै नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएका थिए ।
