विपिनको उद्धारका लागि प्रदर्शन गर्ने युवक माइतीघरबाट पक्राउ


कञ्चनपुरका विपिन जोशीको उद्धारको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने एक युवा पक्राउ परेका छन् । हमासको अपहरणमा परेका विपिनको उद्धारको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने कञ्चनपुरका आशिसमान सिंहलाई प्रहरीले पक्राउ गरेको हो।माइतीघरमा निषेधित क्षेत्र तोडेको भन्दै सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।उनी एक्लै हमालको अपहरणमा परेका जोशीको उद्धार कहिले हुन्छ सरकार भनेर लेखेको पम्पपेल्ट बोकेर प्रदर्शन गरिरहेका थिए । स्वतन्त युवाको नामबाट आज जोशीको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने सूचना सामाजिक सञ्जालमा राखिएको थियो।

तर कोही उपस्थिति नभएपछि सिंह एक्लैले प्रदर्शन गरेका थिए । सोही क्रममा निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । तीन महिनादेखि विपिन हमासको कब्जामा रहेका छ

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...