मिस पवी भन्छिन्– महिनावारी भएकाहरु गोठमै बस्छन्


जोशीपुर : टिकटकबाट उदाएकी डडेल्धुराकी पवित्रा साँकी ‘मिस पवी’ले आफूले पनि छाउपढी कुप्रथा भोग्नु परेको बताएकी छिन् । मोडेलसमेत रहेकी उनले एक अन्तर्वार्तामा कुराकानी गर्दै आफू पहिलोपटक महिनावरी हुँदा भैंसीको गोठमा बसेको सुनाइन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–८ लटौलीकी साँकीले घरमा शौचालयसमेत प्रयोग गर्न नपाएको उल्लेख गर्दै खोलामा शौच गर्न गएको सम्झिइन् । अहिलेचाँही घरका सदस्यलाई सम्झाएर केही सुधार भएको उनले बताएकी छिन् । अहिले आफू महिनावारी भएका बेला कोठामै सुत्ने गरेको उनको भनाई छ ।

तर, अहिले पनि उनका छिमेकीका छोरीहरु महिनावारी हुँदा गोठमा बसिरहेको बताइन् । ‘त्यहाँका मान्छेलाई बुझाउन धेरै गाह्रो छ । कसरी बुझाउनु पढेलेखेको मान्छेले त बुझ्दैन झन् नपढेको मान्छेलाई कसरी बुझाउनु’ उनले भनिन् ।

सन् २०१८ को अगस्टमा नेपालले छाउपढीलाई गैरकानुनी घोषणा गरेपनि नेपालमा अझैपनि पुर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपढीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।

यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...