अबको अखिल र अखिलले देखेको समाज

यमराज जोशी : विद्यार्थीलाई भविष्यको कर्णधारका रुपमा पनि हेर्ने गरिन्छ। अहिले केन्द्रीय राजनीतिका मूल पार्टीका हरेक मुल नेतृत्व गरिरहेका नेताहरुको पृष्ठभूमि हेर्नेहो भनेपनि प्राय सबै नेता विद्यार्थी संगठनबाट नै नेतृत्व गरेर आएका व्यक्तिहरू छन। हिजोको विद्यार्थी राजनीति र आजको विद्यार्थी राजनीतिमा ठूलो अन्तर रहेको छ। हिजोको विद्यार्थी राजनीति अत्यन्त कठिन थियो। शैक्षिक मुद्धा बाहेक आफ्नो जीवनको प्रवाह नगरी निरंकुश राज्य व्यवस्थाका विरुद्धमा बोल्नुपर्ने अवस्था थियो र बोलिसकेपछि कुनबेला के हुन्छ मारिन्छ कि बाँचिन्छ भन्ने कुनै ठेगान थिएन। तरपनि त्यो एउटा कालखण्ड पूरा भइसक्यो ।

अब समय फरक छ, अहिलेको विद्यार्थी राजनीति विगत जस्तो जटिलपनि छैन अब सहज वातावरणमा हामीले धेरै काम गर्न सकिने अवस्था छ। विद्यार्थी र विद्यार्थी संगठनको सीधा संपर्क समाजका हरेक पक्षसँग हुनेगर्दछ। आजको विद्यार्थी भोलिको समाजको कर्णधार, राम्रो मान्छे बन्ने, राजनीतिज्ञ बन्ने, व्यापारी बन्ने , शिक्षक बन्ने, समाजसेवी बन्ने हो। समाजका लागि के कुरा उपयुक्त हो के होइन भन्नेकुरा छुट्याउन सक्ने सचेत नागरिक हो। हाम्रा मुल पार्टीका विचार र व्यवहारको मूल्यांकन गरेर भविष्यमा मुल पार्टीलाई सत्तामा पुगाउने र सत्ता बाहिर राख्नसक्ने हैसियत पनि आजका विद्यार्थीले राख्न सक्छन्।

त्यसैले विद्यार्थी संगठनलाई सही दिशामा डोर्याउन सक्यो भने अनेरास्ववियु लाई राम्रो बनाउन सक्यौ भने समग्र विद्यार्थी राजनीति, विद्यार्थी राजनीतिको माध्यमबाट देशको शैक्षिक अवस्था पार्टी को अवस्थामा सुधार आउन पार्टीलाई पनि सफल बनाउन सकिन्छ, सफल पार्टीको माध्यमबाट देशको लागि असल काम गर्न सकिन्छ। त्यसैले अबको अखिल अखिल जस्तो बन्नु पर्छ त्यसको निम्ति केही भिजन भएको व्यक्ति नेतृत्वमा आउन जरुरी छ।

नेकपा एमालेका २२ वटा विभिन्न भातृ संगठनहरु मध्ये विद्यार्थीहरुको संगठन अनेरास्ववियु अत्यन्त जिम्मेवार, गतिशील र बौद्धिक संगठन हो। खासगरी स्कूल कलेज पढ्ने र पढ्दै गरेका सृजनशील युवा विद्यार्थीहरुले नेतृत्व गर्ने, शैक्षिक क्रियाकलापमा संग्लग्न हुने, शिक्षाका नया आयामहरुमा छलफल बहस गर्ने, शिक्षाका माध्यमबाट समाज र समग्र राष्ट्रको उन्नतिका लागि बोल्ने, समाजमा हुने अनेकन विकृति विसंगतिलाई, अन्याय र विभेदलाई अन्त्यगर्न निरन्तर सुझाव,दबाब र खबरदारी गर्ने संगठन हो

खालको शिक्षा आवश्यक छ ? अहिले सरकारी स्कुलमा विद्यार्थी संख्या किन कम भयो ? सरकारीमा लोकसेवा पास शिक्षक हुने भौतिक संरचना राम्रो हुने र विद्यार्थी नहुने तर निजी स्कुलमा (केही केही बाहेक सबैमा छैन ) +२ फेल शिक्षक हुने भौतिक संरचना गोठ जस्तो हुँदापनि विद्यार्थी धेरै हुने स्थिति कसरी बनिरहेको छ ? यस विषयमा गम्भीर हुने गर्नुपर्छ, लाग्नुपर्छ, देखिएका समस्या समाधान गर्दै आफ्नो अध्ययनमा लाग्ने गर्नुपर्छ ।

अनेरास्ववियुले विद्यार्थीहरुलाई नया सृजनशील र उत्पादनशील अभियानमा जोड्नका लागि प्रविधिको उच्चतम प्रयोग गर्दै हामीसँग भएको प्राकृतिक श्रोत साधनको प्रयोग गरेर कसरी आत्मनिर्भर बन्न सकिन्छ, कसरी आम्दानीसँगै जोडिन सकिन्छ र हरेक विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानसङ्ग जोड्न सकिन्छ, सातवटा प्रदेश मध्य कुन प्रदेशमा के कुराको सम्भावना छ त्यसको अध्ययन गरी आफ्नो नजिकको सरकार स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सङ्ग समन्वय गरी आवश्यक सहयोग लिई विद्यार्थीलाई त्यसको सभावनाको बारेमा विश्वास दिलाउने अभियानमा लाग्न सकिन् । यसका निम्ति अखिलमा कुशल नेतृत्वको आवश्यकता छ।

यतिबेला अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अधिवेशन हुँदैगर्दा
हामीसँग भएका ९ वटा जिल्ला, ८८ वटा स्थानीय तह, ७२ वटा बहुमुखी क्याम्पस, करिब १५० वटा +२ क्याम्पस हरु छन् सबै मा अनेरास्ववियु को कमिटी निर्माण हुन्छ। सबै कमिटीहरुमा माथि उल्लेख गरिएका कामहरूमा लागियो भने अखिल अखिल जस्तो बन्छ, अखिलको माध्यमबाट समग्र सुदुरपश्चिमको सुन्दर भविष्यको कल्पना गर्न सकिन्छ। यसका निम्ति हामी त तयार छौ हामीसँग यो सम्पूर्ण काम गर्ने योजना छ, काम गर्न सक्ने जुनुन छ, र हामीले यो भन्दा अगाडि नेतृत्व गरेर आएको तथ्यपनी छ महत्वपूर्ण कुरा त के छ भने अहिले सुदुरपश्चिम प्रदेशमा विद्यार्थीबाट निर्वाचित विद्यार्थी नेताहरु २१ वटा स्ववियु अध्यक्ष सहित अन्य क्याम्पसमा पदा सहित ४० वटा क्याम्पसको नेतृत्व हामीले गरिरहेका छौ।

यसलाई सदुपयोग गर्न सकियो भने अखिल सुदुरपश्चिमले अखिलमा नया आयाम ल्याउन सक्छ। यसका निम्ति म त तयार छु मेरी नेतृत्वलाई पनि तयार हुन अपिल गर्दछु।

यमराज जोशी
सुदूरपश्चि विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस
स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष तथा अनेरास्ववियुको विद्यार्थी नेता

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...