पौष २४ गते मङ्गलबार आज को राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ नमिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा बढी प्रगति होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्ययन क्षेत्र कमजोर हुनसक्छ । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्नसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफन्त सँगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यमा सरिक हुने योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लाभहानी, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । दक्षिणा पनि हात पर्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज श्रमको उचित मूल्याङ्कन होला । शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा बढी सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आँटेको कार्यबाट सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला, तर खानपिन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...